Comments Add Comment

बझाङका खम्बीर १० किलो सुनसहित धनुषाबाट पक्राउ

९ साउन, काठमाडौं । काठमाडौंबाट धरानतर्फ गइरहको बसमा यात्रा गरिरहेका एक व्यक्तिलाई प्रहरीले १० किलो सुनसहित धनुषाको पोर्ताहाबाट शुक्रबार पक्राउ गरेको छ ।

ना ४ ख ६०९८ नम्बरको न्यू कोशी सुपर बसमा यात्रा गरिरहेका बझाङको मेलबिसौनी-१ का २१ वर्षीय खम्बीर रौलेको साथबाट प्रहरीले १० किलो अवैध सुन बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी उत्तम राज सुवेदीका अनुसार विशेष सूचनाका आधारमा चेकजाँच गर्दा ठूलो परिमाणको राजस्व छलेको सुन बरामद भएको हो ।

पक्राउ परेका रौलेलाई अनुसन्धानका लागि बरामद सुनसहित जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको एसपी सुवेदीले जानकारी दिए । बरामद सुन काठमाडौंबाट कसले कहाँ पठाएको भन्नेबारे केही खुल्न नसकेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment