Comments Add Comment

बजेटको प्रतिलिपि जलाउने सद्भावनाका कार्यकर्ता पक्राउ

९ साउन, काठमाडौं । सरकारले हालै सार्वजनिक गरेको बजेटको प्रतिलिपि जलाउने सद्भावना पार्टीका कार्यकर्ताहरूलार्इ प्रहरीले नयाँ बानेश्वरस्थित संविधानसभा भवनको पूर्वी गेट बाहिरबाट शुक्रबार दिउँसो पक्राउ गरेको छ ।

दिउँसो ३ बजे सदभावना पार्टीका कार्यकर्रताले सरकारले आर्थिक बर्ष ०७/७२ को बजेटमा मधेशलाई उपेक्षा गरेको आरोप लगाउँदै र्याली गरेर बजेटको प्रतिलिपि जलाएपछि उनीहरूलार्इ पक्राउ गरेको हो । सद्भावनाले बजेटमा विभेद गरिएको भन्दै शुक्रबार बजेटको प्रतिलिपि जलाउन कार्यकर्तालार्इ निर्देशन दिएको थियो ।

बजेटको प्रतिलिपि जलाउने क्रममा सद्भावनाका कार्यकर्ताहरू उपेन्द्र महतो, राजकुमार यादव, लालबाबु यादव, अनिल साह, पन्नालाल यादव, सन्तोष मेहता, रन्जित सिंह, सुजन यादव, अमित साह, पंकजकुमार मिश्र र महेश साह कलवार लगायत पक्राउ परेका हुन् ।

यसैबीच शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप गरी प्रहरीले पक्राउ गरेको भन्दै तराई मानव अधिकार रक्षक सञ्जाल (थर्ड एलायन्स)ले विरोध जनाएको छ ।

प्रहरीले सद्भावनाका कार्यकर्तालार्इ तीनकुनेस्थित प्रहरी चौकीमा लगेर गालीगलौज र दुर्व्यबहार गरेको सञ्जालका अधिकृत रक्षाराम हरिजनले विज्ञप्ती निकालेर जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment