Comments Add Comment

ओली अस्पतालबाट डिस्चार्ज, मंगलबार स्वदेश फर्कने

९ साउन, काठमाडौं । सिङ्गापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचाररत नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् ।

साउन ६ गते सिंगापुर पुगेका उनी भोलिपल्ट अस्पताल भर्ना हुनुभएको थियो । फङ्गल इन्फेक्सनका कारण दायाँ हात सुन्निने क्रम नघटेपछि ओली यपचारका लागि थाइल्याण्ड हुँदै सिंगापुर पुगेका थिए ।

अध्यक्ष ओलीका सहयोगी इन्द्र भण्डारीका अनुसार ओलीको परीक्षण सकिएको र प्रतिवेदन पनि सामान्य आएकाले डिस्चार्ज भएका हुन् । ओलीले केही दिन सिङ्गापुरमा आराम गर्नेछन् । सम्भवतः आउँदो मङ्गलबार स्वदेश र्फकने भण्डारीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment