Comments Add Comment

सूर्यबहादुर थापा संसदीय दलमा चुनाव नलड्ने

१० साउन, काठमाडौं । राप्रपा अध्यक्ष पशुपतिशमशेर राणा र पूर्वअध्यक्ष सूर्यबहादुर थापाबीच फाटो आएको छ । संसदीय दलको नेता चयनमा अध्यक्ष राणाले धोका दिएको आरोप लगाउँदै थापा संसदीय दलको नेतामा नउठ्ने निर्णयमा पुगेका छन् ।

surya-bdr-thapaराप्रपा संसदीय दलको नेता चयनका लागि शनिबार निर्वाचन हुँदैछ । थापासँगै महामन्त्री दीपक बोहोराले दलको नेतामा दावी गर्दै आएका थिए । तर, अध्यक्ष राणाले बोहोरालाई समर्थन गर्नेर् भएपछि थापा पछि हटेका छन् । ‘एक महिनाअघि राणालाई जुन गुन लगाइएको थियो, त्यसमा गम्भीर धोका भएको छ’ थापानिकट एक नेताले अनलाइनखबरसँग भने- ‘राणाजीको यो सब नाटक रहेछ, हामीले अहिले आएर मात्रै थाहा पायौं ।’

एकता महाधिवेशन भएको एक वर्षपछि वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दले चक्रीय प्रणालीमा नेतृत्व गर्ने सहमति कार्यान्वयनको माग गरेपछि थापाले पदत्यागको घोषणा गरेका थिए । थापाले बहुमतका आधारमा चन्दको साटो राणालाई अध्यक्ष बनाएका थिए ।

चन्दले आफूलाई बैधानिक अध्यक्ष भएको दावी गरे पनि निर्वाचन आयोगले राणालाई नै बैधानिकता दिएको छ । यता आफैंले अध्यक्ष पद सुम्पेका राणाले धोका दिएपछि थापाले केन्द्रीय समितिको आकस्मिक बैठक राख्ने तयारी गरेको बुझिएको छ ।

यसैवीच थापानिकट स्रोतका अनुसार सूर्यबहादुर थापाको व्यक्तित्व उच्च रहेकाले उनी संसदीय दलको प्रतिस्पर्धामा सहभागी नहुने बतायो । ‘राप्रपा ठूलो पार्टी पनि हैन, त्यसैले संसदीय दलमा उठेर प्रधानमन्त्री बन्नुपर्ने नभएकाले बोहोरासँग जयन्त चन्दले प्रतिस्पर्धा गर्ने सम्भावना छ,’ स्रोतले अनलाइनखबरसँग भन्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment