Comments Add Comment

झलनाथलाई रिस उठ्दा पुल बन्यो

१० साउन, झापा । केही वर्षअघि हामी बहुवन हुँदै उँधो झर्न आएका थियौं। तर टिमाइखोलामा बाढी आएका कारण त्यहीँ दुई दिनसम्म बस्नुपर्ने भयो।हामी टिमाइ तर्न सकेनौं’, मेचीनगर नगरपालिका ६ मा टिमाइखोलामा बनेको पक्की पुल उद्घाटनका लागि शुक्रबार झापा आएका एमालेका वरिष्ठ नेता तथा इलाम १ का सभासद् झलनाथ खनालले भने, ‘त्यसैदिनदेखि टिमाइखोलासँग एकदमै झोंक चल्यो। त्यसपछि यो पुल निर्माणका लागि पहल सुरु गरें ।’
उनी आफैं टिमाइखोलाको बाढीको चपेटामा परेपछि त्यहाँ पक्की पुल बन्यो। पुल बनेपछि एमाले वरिष्ठ नेता खनालले पुलको संरक्षण स्थानीय जनताको जिम्मेवारी भएको बताए।उनले भने, ‘नेपाल सरकारको लगानीमा पक्की पुल बनेको छ। यसको संरक्षणको जिम्मेवारी तपाईंहरूको हो।’ उनले विकास निर्माणको काममा राजनीति नगर्नसमेत सबैलाई आग्रह गरेको अन्नपूर्ण पोस्टमा खबर छ ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसका युवानेता विश्वप्रकाश शर्माले नेपाल बनेको सयौं वर्ष बितिसक्दा पनि एउटा गाउँदेखि अर्को गाउँ जोड्ने पुल नबन्दा नेपालीले दु:ख पाइरहेको बताए।शर्माले भने, ‘नेपालको विकासमा हामीले धेरै राजनीति ग:यौं। अब विकास निर्माणका काममा राजनीति गर्न छाड्नुपर्छ। कसैले पनि यो मेरो, यो तेरो भन्नु हुँदैन।’ अन्य खोलामा पनि यस्ता पुल बन्नुपर्नेमा उनले जोड दिए ।
टिमाइखोलामा बनेको पुलले शान्तिनगर ३, मेचीनगर ६, बाहुन्डाँगी ३ तथा इलाम इरौंटार ७ र ८ का हजारौं सर्वसाधारणलाई प्रत्यक्ष फाइदा दिनेछ। नेपाल सरकारको दुई करोड ५६ लाख रुपैयाँको लागतमा निर्माण भएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष वृहस्पति खतिवडाले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment