Comments Add Comment

बाबुआमाले छोराछोरी पिटे कारबाही

१० साउन, काठमाडौं । छोराछोरीलाई तह लगाउने नाममा बाबुआमा हुन् वा विद्यार्थीलाई अनुशासित बनाउने नाममा शिक्षकशिक्षिकाले सामान्य रुपले पनि कुटपिट गर्न नपाउने भएका छन् ।
बालबालिकासम्बन्धी ऐन २०४८ लाई संशोधन गर्न व्यवस्थापिका संसदमा पेस गर्न लागिएको मस्यौदामा कुटपिट गर्न नपाइने प्रावधान राखिएको छ । मस्यौदामा ऐनको दफा ७ मा रहेको बाबुआमा, परिवारका सदस्य, संरक्षक वा शिक्षकले बालकको हितका लागि सामान्य पिटाइलाई यातनापूर्ण व्यवहार नमानिने प्रावधान परिवर्तन गरिने उल्लेख गरिएको अन्नपूर्ण पोस्टमा खबरछ ।
उक्त दफामा ‘क्रुर वा यातनापूर्ण व्यवहार गर्न नहुने’ शीर्षक अन्तर्गत उल्लेख छ, ‘बालकप्रति क्रूर वा यातनापूर्ण व्यवहार गर्नु हुँदैन । तर, बाबुआमा, परिवारका सदस्य, संरक्षक तथा शिक्षकले बालकको हितका लागि हप्काएको वा सामान्य पिटाइ गरेकोमा यस दफाको उल्लंघन मानिने छैन् ।’ संशोधन मस्यौदा उक्त दफामा रहेको सामान्य पिटाइ हटाएर ‘हप्काएकोमा’ मात्रै राखिएको छ । मौजुदा ऐनको उक्त दफामा बालकमात्र भनिएकोमा संशोधन गर्न बनाइएको प्रस्तावमा बालबालिका राखिएको छ । प्रस्तावित प्रावधानसहित ऐन संशोधन भए बालबालिकालाई कुनै पनि बहानामा कसैले कुनै पनि स्तरको पिटाइ गर्न पाइनेछैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment