Comments Add Comment

क्यान्सरका बिरामीलाई भाडा छुट

१० साउन, भक्तपुर । भक्तपुर मिनिबस सेवा समितिले आफ्ना सदस्य गाडीमा क्यान्सरका बिरामीलाई भाडा छूट दिने भएको छ। समितिका अध्यक्ष ज्ञानेन्द्र महर्जनले भक्त पुर क्यान्सर अस्पतालमा उपचार गर्न आउने बिरामीलाई उनीहरूको परिचयपत्रका आधारमा लाग्ने भाडामा पूर्ण छूट दिने बताएका हुन्।
cancerमहर्जनले भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समितिको आग्रहअनुसार समितिले क्यान्सर बिरामीलाई परिचयपत्रका आधारमा यो सुविधा दिने जानकारी दिए। उनले क्यान्सर बिरामीलाई छूट दिने सम्बन्धमा भक्त पुर मिनिबस सेवा समिति र भक्त पुर क्यान्सर अस्पताल व्यवस्थापन समितिबीच सहमति भएको बताएको अन्नपूर्ण पोस्टमा खबर छ।
सहमतिअनुसार नेपाल अर्बुद रोग निवारण संस्था भक्त पुर क्यान्सर अस्पतालले बिरामीको परिचय खुल्ने परिचयपत्रको व्यवस्था गर्नेछ। परिचयपत्र नभएको क्यान्सर बिरामीलाई भने यस्तो छूट नदिइने महर्जनको भनाइ थियो। भक्त पुर मिनिबस सेवा समितिमा दुई सय ८० वटा गाडी आबद्ध छन्। समितिका गाडी भक्त पुरबाट काठमाडौंको बागबजार र गोंगबुस्थित नयाँ बसपार्क तथा भक्त पुरबाट लगनखेल रुटमा चल्छन्।
त्यस्तै भक्त पुरका ग्रामीण क्षेत्रबाट भक्त पुर तथा सीधै काठमाडौंसम्म पनि समितिका गाडी चल्छन्। यी सबै रु टमा चल्ने गाडीमा परिचयपत्रवाहक क्यान्सर बिरामीलाई भाडा छूट दिइने उनले बताए। ‘हामीले सम्पूर्ण सदस्य गाडीका चालक र सहचालकलाई परिचयपत्रका आधारमा भाडा छूट दिन निर्देशन दिएका छौं’, अध्यक्ष महर्जनले भने, ‘यो सुविधाले क्यान्सर बिरामीलाई आत्मबल मिल्ने विश्वास गरेका छौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment