Comments Add Comment

पशुपतिनथामा सामान्य पूजा गर्न पनि रसिद !

१० साउन, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर परिसरमा रहेका परोहितले गराउने सामान्य पूजाको पनि रसिद काट्ने भएको छ । कोषले यसअघि विशेष पूजामात्र रसिद काटेर भट्टहरुमार्फत पूजा गराउँदै आएको थियो । pashupatinath-mandir
परिसरमा रहेका पुरोहितले भक्तजनलाई मन्दिरभित्र भीड छ भन्दै बाहिरै पूजा गराएर दक्षिणा असुल्ने गरेको गुनासो आएपछि त्यसलाई व्यवस्थित गर्न रसिद काटेर पूजा गराउने व्यवस्था गरिएको हो । कोषका सदस्यसचिव गोविन्द टन्डनले पुरोहितले दक्षिणा लिएर मन्दिरबाहिरै पूजा गर्न लगाएको र रुद्राक्षको मालाको बजारमूल्यभन्दा पाँच गुणा बढीसम्म रकम तिर्नु परेको गुनासो आएपछि रसिद काटेर पूजा गर्न लगाउने योजना बनाइएको बताएको अन्नपूर्ण पोस्टमा खबर छ ।
उनले भने, ‘पशुपतिनाथ आउने भक्तजन नठगिउन् भनेर परिसरमा रहेका पुरोहितको तथ्यांक लिएर राख्ने र उनीहरुलाई कोषले काटेको रसिदअनुसार पूजा गर्न दिने व्यवस्था गर्न लागेका हौं ।’
कोषमातहत नरहेका यी पुरोहितको होटेल र ट्राभल एजेन्सीसँग सीधा सम्पर्क रहेको जानकारी दिँदै एक कर्मचारीले भने, ‘खासगरी भारतीय तीर्थयात्रीलाई मन्दिरमा ढिलो हुन्छ, भीड छ भन्ने समस्या देखाएर बाहिरै पूजा गराउने र उनीहरुबाट दक्षिणाका नाममा सक्दो रकम असुल्ने काम भइरहेको छ । यसअघि कोषले केही गर्न सकेको थिएन् ।’ टन्डनले पुरोहितलाई सूचीकृत गरेपछि रसिद काटेर पूजागर्ने काम सुरु हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment