Comments Add Comment

फट्यांग्राले खाए २ सय विघाको उखु

fatengro
१० साउन, सर्लाही । फट्यांग्राले सर्लाहीमा २ सय विघा उखुबाली नोक्सान गरेको छ । जिल्लाको हरिवन नगरपालिका र आसपासका गाविसमा फट्यांग्राले तीव्र आक्रमण गरेको स्थानीय इन्दुशंकर चिनी उद्योगका उखु महाप्रबन्धक योगनारायण रजकले जानकारी दिए ।
सलहजस्तै ठूलो संख्यामा आउने फट्यांग्राले एक महिनाभित्र उखुको सबै पात खाएर डाँठमात्र बाँकी राख्ने गरेको किसानहरुले बताएका छन् । हरिवन ९ का किसान दामोदर उप्रेतीले स-साना कित्ताको उखु एकै दिनमा फट्यांग्राले खाइसक्ने गरेको बताएको नेपाल समाचारपत्रमा खबर छ ।
फट्यांग्राको महामारी फैलिएपछि इन्दु शंकर चिनी उद्योगको आग्रहमा खुमलटारस्थित नेपाल कृषि अनुसन्धान परिषद्का विज्ञ आएर विषादी सिफारिस गरेर गएका थिए । विषादी राख्दा सबै जग्गामा एकै पटक नराखिए फट्यांग्रा नियन्त्रणमा कठिनाइ हुने देखिएको रजकको भनाई छ । ‘किसानले एकै पटक औषधी हाल्न सकेनन् त्यही भएर धेरै ठाउँमा नियन्त्रणमा आउन सकेको छैन,’ रजकले भने । फट्यांग्राले पात मात्र खाने गरेपनि उत्पादनमै असर पर्ने गरेको रजकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment