Comments Add Comment

यौनधन्दा चलाउने जेल चलान

१० साउन, धरान । प्रहरी कार्यालय नजिकै होटलमा बन्धक बनाएर युवतीलाई जर्बजस्ती देहव्यापारमा संलग्न गराएको आरोपमा पक्राउ परेकी धरान ७ स्थित न्यु चुम्लुङ होटल एण्ड लजकी सञ्चालिका दिलु वनेम सुब्बा जेल चलान गरिएको छ ।

जिल्ला अदालत सुनसरीले सुब्बालाई थुनामा राख्ने आदेश दिएको हो । उनलाई विराटनगर स्थित कारागार चलान गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । वनेमलाई गत असार १७ गते प्रहरीले रेष्टुरेन्टबाटै पक्राउ गरेको थियो । उ
नीविरुद्ध एक युवतीले बन्धक बनाएर जर्बजस्ती यौन कार्यमा लगाएको प्रहरीमा जाहेरी दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment