Comments Add Comment

दलहरुबीचको सहमतिको दस्तावेज नै नयाँ संविधानः बाबुराम

baburam
१०  साउन, विराटनगर  । एकीकृत नेकपा माओवादीका नेता डा.बाबुराम भट्टराईले दलहरुको सहमतिको दस्तावेज नै नयाँ संविधान हुने बताएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले राजनीतिक निकास र संविधान निर्माणका लागि दलहरु मिल्नुको विकल्प नभएको बताए ।
भट्टराईले संविधानसभा भित्र र बाहिर रहेका दलहरु एक हुनुको विकल्प नरहेको भन्दै मुलुकले नयाँ संविधान माघ ८ गते पाउनका दलहरुबीच सहमति आवश्यक रहेको बताए ।
‘मोहन वैद्यको पार्टी संविधान निर्माणको प्रकृयावाट वाहिर छ यसलाई पनि हामी सहमतिमा ल्याएर मुलुकलाई नयाँ संविधान दिने प्रयासमा जुटेका छौ,’ भट्टराईले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment