Comments Add Comment

मर्नका लागि फेसबुकमा मरिहत्ते

death
अहिले फेसबुकमा एउटा लहरै चलेको छ । एकपछि अर्को गर्दै मानिसहरु फेसबुकमा आफ्नो मृत्युको तिथि घोषणा गरिरहेका छन् । एक एपका माध्यमबाट मानिसहरुले आफु कुन दिन तथा के कारणले मर्देछु भन्ने कुरा सबैलाई बताइरहेका छन् । मृत्युका कारणमा कतिपयको हवाइजहाज दुर्घटना, कतिपयको गाडि दुर्घटना तथा विमार आदि आदि भन्ने देखिन्छ ।
फेसबुकमा चलेको मृत्युतिथि घोषणाको यो होडबाडी एउटा बेवकुफी बाहेक केही होइन । वास्तवमा यसमा कुनै सत्यता छैन र केवल मजाक मात्रै हो । तर मृत्युका पारखीहरुले भने यसलाई निकै माया गरिरहेका छन् र सगर्व आफ्नो मृत्युको भविष्यवाणी गरिरहेको देखिन्छ ।
यद्यपि इन्टरनेट प्रयोगकर्ताका लागि यस्ता हावादारी भाग्य र भविष्य बताइदिने एपहरु प्रसस्तै पाइन्छन् । डेथ क्लक नामक वेबसाइटले पनि तपाइँ कहिले मर्नुहुन्छ भन्ने कुरा बताइदिन्छ । यस्तो भविष्यवाणी गर्नुअघि यसमा तपाइँको वजन तथा धूमपान र मध्यपानको बानी समेत सोधिन्छ ।
त्यस्तै डेथ टाइमर, फाइण्ड योर फेन्ट डट कम जस्ता साइटहरु पनि मृत्युको तिथि बताइदिने हावादारी साइट हुन् ।
आफ्नो मृत्युको बारेमा जान्न को उत्सुक हुँदैन र ? त्यसैले होला यदि गुगल सर्चमा गएर डेट प्रेडिक्सन भन्ने शव्द सर्च गरियो भने सेकेण्डभरमै लाखौँलिंक्स फेला पर्छन् ।
मनोविज्ञहरुका अनुसार मृत्युको बारेमा फेसबुकमा देखिइरहेको पछिल्लो लहडबाजी भने मानिसको मज्जाको उपज हो । तथापि यसमा मनुष्यको मृत्युप्रतिको आदिम डर समेत जिम्मेवार छ । मानिसहरु आफ्नो भविष्य जान्नका लागि जसरी ज्योतिषकहाँ धाउँछन् उसैगरी इन्टरनेटमा यस्ता एप्सहरुको समेत सहारा लिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment