Comments Add Comment

सभामुख नेम्बाङ र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्ता

१० साउन, काठमाडौं । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङ र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच शनिबार भेटवार्ता भएको छ । सिंहदरबारमा भएको भेटमा दुई देशबीचको सम्बन्धका बारेमा छलफल भएको थियो ।
छलफलका क्रममा स्वराजले भारतले नेपालसँगको सम्बन्ध अझै सुमधुर बनाउने पहल गरिरहेको बताएकी थिइन् । भारतले जनस्तरदेखि संसदसम्म नै सुमधुर सम्बन्ध बनाउने पहल गरिरहेको जानकारी गराएको नेम्बाङले जानकारी दिए ।

भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण तथा मोदीले संसदमा गर्ने सम्बोधनका बारेमा पनि छलफल भएको थियो । मोदी आगामी साउन १८ गते नेपाल भ्रमणमा आउँदैछन् । संसदमा संबोधनका बारेमा स्वराजले राखेको जिज्ञासामा नेम्बाङले आफूहरु लामो समयदेखि भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको प्रतिक्षामा बसेको र संसदमा मोदीले गर्ने सम्बोधनलाई पर्खिरहेको बताएका थिए ।
त्यस्तै भेटवार्तामा संविधान निर्माणका बारेमा पनि छलफल भएको थियो । संविधान निर्माणमा भएको प्रगतिका बारेमा नेम्बाङले जानकारी गराएका थिए । ‘अघिल्लो संविधानसभामा भएको प्रगतिको स्वामित्व ग्रहण गरेर अहिले बाँकी रहेको काम अघि बढिरहेको छ, त्यसैले समयमै संविधान बन्छ,’ नेम्बाङको भनाई थियो ।
विदेशमन्त्री स्वराज र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच अहिले भेटवार्ता जारी छ । आजै बिहान स्वराजले मदेसवादीदलहरुसँग पनि भेटवार्ता गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment