Comments Add Comment

धादिङका १३ स्कुललार्इ कम्प्युटर वितरण

dading-1

१० साउन, धादिङ । गाउँमा कम्प्युटर शिक्षा अभियानले धादिङका विभिन्न १३ विद्यालमा कम्प्युटर लगायतका शैक्षिक सामग्री वितरण गरेको छ । विद्यालयमा नै कम्प्युटर शिक्षा प्रदान गर्न थालिएको यो अभियनाले कम्प्युटरसँगै अन्य शिक्षा प्रदान गर्ने आधुनिकस्तरका सामान स्मार्ट इन्टर एक्टिभ बोर्ड र प्रोजेक्टेर उपलब्ध गराएको अभियानका भुवन गुरूङले बताए ।

विभिन्न देशमा गएर काम गरेका युवाहरूको आर्थिक सहयोग रहेको यो संस्थाले नेपालमा व्यवहारिक तथा प्राविधिक शिक्षा प्रदान गर्न अभियान थालेको गुरूङको भनार्इ छ । उनले भने-‘हाम्रो देशका नागरिकले जुन देशमा रोजगारको लागि गएपनि निम्नस्तरकै काम गर्नु पर्ने र कम्पनीको नियम अनुसार प्राप्त हुने सुबर्ण अबसरहरुबाट पनि बन्चित भई रहनु पर्ने भएकोले २१ औं शताब्दीको प्राबिधिक युग अनुसारको शिक्षा आर्जन गर्न विद्यालमा यो अभियान थालिएको हो ।’

dhading-3

उक्त अभियान अर्न्तगत संस्थाले धादिङको ज्याम्रुङस्थित शन्खा देबी उच्चमाविमा २४ थान कम्प्युटर, १ थान प्रोजेक्टर र १ थान स्मार्ट इन्टर एक्टिव बोर्ड उपलब्ध गराएको छ।  त्यस्तै श्री मन्जुश्री मा.बि सिम्ले ज्याम्रुङमा १३ थान फुल सेट कम्प्युटर, ६ सिपियु र १ प्रोजेक्टेर, त्यस्तै श्री लामास्थान निमाबि ज्याम्रुङमा ५ थान कम्प्युटर प्रदान गरेको । कटुन्जे गाविसको महेन्द्र बाराही उच्च माबि कटुन्जेमा ८ थान कम्प्युटर र १ थान मल्टी सिस्टम प्रिन्टर प्रदान गरेको छ भने सल्यानकोट गाविसको कार्की गाउँ उच्च माबि कार्की गाउँमा १२ सेट कम्प्युटर र १५ सेट सिसिटिभि क्यामेरा उपलब्ध गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment