Comments Add Comment

राप्रपा संसदीय दलको नेतामा बोहोरा चयन

१० साउन, काठमाडौं । राप्रपा संसदीय दलको नेतामा दीपक बोहोरा निर्विरोध निर्वाचित भएका छन् ।

संसदीय दलको नेता चयनका लागि शनिबार निर्वाचनको कार्यक्रम राखिएको थियो । महामन्त्री बोहोराको मात्र उम्मेदवारी परेको प्रवक्ता ठाकुरप्रसाद शर्माले जानकारी दिए ।

उपनेतामा अर्का महामन्त्री विक्रम पाण्डे निर्विरोध निर्वाचित भएका छन् ।  पूर्व अध्यक्ष सूर्यबहादुर थापा र थापाका छोरा सुनिल थापा भने अनुपस्थित थिए ।

थापाले संसदीय दलको नेता बन्ने इच्छा देखाएपनि अध्यक्ष पशुपतिशम्शेर राणाले समर्थन नगर्ने संकेत दिएपछि चुनाव नलड्ने घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment