Comments Add Comment

फकल्याण्डको ब्यानर देखाएकोमा अर्जेन्टिनी फुटबल संघलाई जरिवाना

Falklands-banner

१० साउन, काठमाडौं । फुटबल मैदानमा फकल्याण्ड टापुसम्वन्धी व्यानर प्रदर्शन गरेकोमा फिफाले अर्जेटिना फुटबल संघलाई २० हजार पाउण्ड जरिवाना गरेको छ ।

अर्जेन्टिनी खेलाडीहरुले स्लोभानियाविरुद्ध भएको विश्वकपको अभ्यास खेलका क्रममा विवादास्पद फकल्याण्ड टापु आफ्नो हो भन्ने व्यानर प्रर्दशन गरेका थिए ।

लगतै फिफाको अनुशासन समितिले खेलाडीहरुले विवादास्पद रानजीथिक विषयमा सहभागी हुने खेल अनुशासन विपरित भएको भन्दै स्पष्टिकरण मागेको थियो ।

फकल्याण्ड टापुलाई लिएर सन् १९८२ मा इङ्ल्याण्ड र अर्जेन्टिनाबीच युद्ध भएको थियो । यो युद्धमा वेलायती सेनामा रशेका नेपालीहरुले पनि भाग लिएका थिए । युद्धका क्रममा बेलायती सेनामा रहेका नेपालीहरुकै बहादुरीका कारण अर्जेन्टिनाले हारेको थियो र त्यो भूमिमा इङ्ल्याण्डले कब्जा जमाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment