Comments Add Comment

एमाओवादीद्वारा भारतसँग राजनीतिक तहमै सम्वन्ध राख्न प्रस्ताव

१० साउन, काठमाडौं । एकीकृत नेकपा माओवादी शीर्ष नेतृत्वले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसमक्ष नेपाल-भारतबीच राजनीतिक तहमै सम्वन्ध राख्न प्रस्ताव गरेको छ ।

नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री स्वराजले एमाओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरुलाई संविधानसभा भवन नयाँबानेश्वरमा भेटेकी थिइन् ।
भेटमा माओवादी नेताहरुले राजनीतिक तहमा नै संवाद होस् र सम्बन्ध विकास होस् भन्ने पक्षमा आˆनो पार्टी रहेको बताएका छन् । अन्य तहमा हुने संवादले दुवै मुलुकलाई हित नगरेको प्रचण्डको भनाइ थियो ।

एमाओवादीका उपाध्यक्ष एवं विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठ प्रकाशका अनुसार जवाफमा भारतीय विदेशमन्त्री स्वराजले आˆनो मुलुकको चासो पनि राजनीतिक तहमा सबै विषयवस्तुहरू अगाडि बढोस् भन्ने रहेको बताएकी छन् । शान्ति र संविधानलाई पूर्णता दिई विकास निर्माणका लाग्ने नेपालको प्रतिबद्धताको प्रशंसा गर्दै स्वराजले सहयोग गर्न आˆनो मुलुक प्रतिबद्ध रहेका बताएकी छन् ।

भेटवार्तामा एमाओवादी नेताहरुले नेपाललाई भारत सरकारको तर्फबाट एउटा बृहत् जलविद्युत् आयोजना उपहारस्वरूप दिन आग्रह गरेको छ । एमाओवादीको आग्रहलाई सकारात्मक रूपमा लिँदै विदेशमन्त्री स्वराजले उक्त प्रस्तावलाई जस्ताको तस्तै प्रधानमन्त्री नरेन्द्र मोदी कहाँ पुर्‍याउने बताएको महासचिव कृष्णबहादुर महराले जानकारी दिए ।

यस्तै हुलाकी राजमार्ग, मध्य पहाडी राजमार्ग, जलविद्युत् क्षेत्रको विकास समानताका आधारमा अगाडि बढाउन र दुवै पक्षलाई हित हुने गरी काम गर्नसमेत एमाओवादीले आग्रह गरेको छ ।

भारतीय विदेशमन्त्री स्वराजल शान्ति प्रक्रिया, संविधान निर्माण र विकास निर्माणमा माओवादीको भूमिकाबारे चासो राखेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment