Comments Add Comment

विमल बेल्जियम लागे

Bimal-gharti-magar
११ साउन, काठमाडौं । राष्ट्रिय टोलीका युवा स्ट्राइकर विमल घर्तीमगर शनिबार बेल्जियम गएका छन् ।
यु-१६ टोलीका कप्तान विमाल बेल्जियन क्लब एनडरलेकसँग आबद्ध भएका छन् । उनीसँग क्लबको एक वर्षे सम्झौता छ ।
सम्झौता अनुसार विमलले एन्डरलेकको एकेडमेमीमा निःशुल्क प्रशिक्षण पाउनेछन् । दुई महिना एन्डरलेकको विशेष प्रशिक्षण र अभ्यास खेल खेलर फर्किएका विमलले जेठ १५ मा क्लबले सम्झौता गरेको जानकारी पाएको नागरिकमा खबर छ ।
एन्डरलेक पुर्‍याउन सहयोग गरेका प्रशिक्षक कोस्टरमार्फत उनले सम्झौताको खबर पाएका थिए । बंगलादेशका तत्कालीन सहायक प्रशिक्षकका रुपमा नेपाल आउँदा डच नागरिक कोस्टरले साफ च्याम्पियनसिपमा विमलको खेल देखेका थिए ।
एएफसी यु १६ च्याम्पियनसिपको तयारीमा रहेको युवा टोली अगस्ट पहिलो साता अभ्यास तथा प्रशिक्षणका लागि बेल्जियम जाँदैछ । विमल पनि टोलीसँगै बेल्जियम जाने तयारीमा थिए । तर क्लबले आन्तरिक प्रशिक्षणमा बोलाएका कारण विमल शनिबार नै बेल्जियम गएको यु-१६ टोलीका प्रशिक्षक बालगोपाल महर्जनले बताए । उनले भने, ‘विमल टोलीका कप्तान हुन् । टोलीमै रहेर प्रशिक्षण गर्दा टिम समन्वय राम्रो बन्दै जान्थ्यो । तर विमल बेल्जियम जाँदा पनि हामीलाई घाटा छैन् । किनकीउनी युरोपको राम्रो क्लबमा प्रशिक्षण गर्न जाँदैछन् । उनको अनुभवले हामीलाई थप राम्रो र बलियो टोली निर्माणमा सहयोग पुग्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

फेरिएकी बर्षा

Advertisment