Comments Add Comment

पशुपतिलाई चढाउन शुद्ध पूजासामाग्री चाहिने

aarati pashupatinath (2)
११ साउन, काठमाडौं । पशुपति क्षेत्र विकास कोषबाटै पशुपतिनाथमा चढाउन मिल्ने शुद्ध पूजा सामग्री वितरण गरिए विश्वका हिन्दु धर्मप्रति आस्थावान सम्पूर्ण भक्तजनहरुले धार्मिक आस्थाको जगेर्ना हुने सुझाव दिएका छन् ।
भक्तजनहरुले ल्याएको पूजा सामग्री शुद्धताकै कारण देखाएर पशुपतिनाथको चरणमा चढ्ने गरेकेा र त्यसबाट नेपाल र भारतका भक्तजनहरुको धार्मिक आस्थामा ठेस पुगेको भन्दै सवोच्च अदालतबाट गठित तीन सदस्यीय स्थलगत अवलोकन एवं अनुगमन समितिले यस्तो सुझाव दिएको गोरखापत्रमा खबर छ ।
‘पशुपतिनाथमा चढाउन मिल्ने पूजा सामग्रीहरुको सूचीसमेत भक्तजनहरुले देख्ने ठाउँमा राखी पूजा सामग्रीका शुद्धता कायम गर्नुपर्ने भनी धार्मीक एवं सास्कृतिक विद्धानहरुले दिएको सुझाव कोषले कार्यान्वयन गर्न सकेमा विश्वका हिन्दु धर्मप्रति आस्थावान सम्पूर्ण भक्तजनहरुको धार्मिक आस्थासँग गाँसिएको प्रस्तुत विवादको दीर्घकालीन समाधान हुने’ समितिको निष्कर्ष छ ।
‘कोषका तर्फबाट विशेष पूजाका लागि प्रदान गरिने पूजा सामग्रीबाहेक अन्य नियमित भक्तजनहरुले स्वयं लिएर आउने पूजा सामग्री पशुपतिनाथको चरणमा चढ्ने गरेको देखिएन,’ समितिले बुझाएको सुझावसहितको प्रतिवेदनमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment