Comments Add Comment

टेरियाले कतारका नेपालीलाई नचाउने

teriya-magar

दिपक पुडासैनी
दोहा । भारतको जिटिबि बाट प्रसारण हुने चर्चित कार्यक्रम डान्स इन्डिया डान्स लिटिल मास्टर सिजन ३ को बिजेता नेपाली चेली टेरिया मगर कतार आउंदैछिन । अन्तर्राष्टिय कलाकार मंञ्च कतार शाखा र शाश क्रियसनकोको संयुक्त आयोजनामा इदको दोस्रो दिन सनैयास्थित वेस्ट इण्डिज पार्कमा आयोजना हुने मेघा कन्सर्टमा आफ्नो नृत्य प्रस्तुत गर्न टेरिया कतार आउन लागेकी हुन । ‘इदको बिदामा कतारमा कार्यरत नेपालीको मनोरन्जनका लागी यो हाम्रो बिशेष उपहार हो’, कार्यक्रम संयोजक कल्याण घिमीरेले भने ।
कतारमा नेपाली चलचित्रको प्रदर्शन तथा प्रबर्धन गर्ने उदेश्यका साथ आयोजना हुनलागेको मेघा कन्सर्टमा नेपालीलाई मनोरन्जन प्रदान गर्न नेपालका चर्चित नायकहरु आर्यन सिग्देल, सबिन श्रेष्ट र बिष्णु कार्की, नायिकाहरु निस्मा घिमीरे, सोभिता सिंखडा र भोजपुरी नायीका सलोभी, गायकहरु सुगम पोखरेल, शिब परियार र पशुपति शर्मा गायिका सुनिता दुलाल तथा हांस्य कलाकारहरु हर्के हवल्दार र निर्मली आउन लागेको कन्सर्टको मिडीया संयोजक एनएस इन्टरटेन्मेन्टले जानकारी दिएको छ ।
करिब १७ हजार दर्शक क्षमताको वेस्टइण्डीजपार्कमा हुने उक्त कन्सर्टमा आबश्यक सुरक्षा व्यबस्थालगायतको तयारी पुरा भै सकेकको संयोजक घिमीरेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment