Comments Add Comment

‘सम्बोधन’मा नम्रताको यस्तो रुप, दयाहाङसँग जोडी जम्दैछ खुब(फोटो फिचरसहित)

namrata,-binaya-and-dayahang

भाद्र ६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘सम्बोधन’को हल ट्रेलर र एउटा गीत सार्वजनिक गरिएको छ । ‘होस्टेल’ जस्तो सफल सिनेमा बनाएका हेमराज वीसीको यो चलचित्रलाई सरोज न्यौपानेले निर्माण गरेका हुन् ।

चलचित्रमा नम्रता श्रेष्ठ, दयाहाङ राई, विनय भट्ट, प्रशान्त ताम्राकार लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रमा नायिका नम्रता श्रेष्ठ क्राइम रिपोर्टरको भूमिकामा देखिएकी छिन् ।

सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रममा सिनेमाको ट्रेलर देखाइएको हो । कार्यक्रममा बोल्दै मन्त्री रिजालले देश विकासका लागि सरकारले मात्र केही गर्न नसक्ने बताए । उनले यूवापुस्तालाई केही गर्न छोडेर मन्त्री र नेताको चाँकडी नगर्न आग्रह गरेे ।

उनले भने-‘भएको व्यवसाय पनि छोडेर, मन्त्री र नेताको चाँकडी गर्दै सहयोग गर्न आग्रह गर्दै हिड्न छोड्नुहोस् । कुनै न कुनै रुपले आफूलाई काममा लगाउनुहोस्, अनि मात्र देश विकास हुन्छ ।’

त्रिचन्द्र कलेजका स्ववियू सभापति समेत रहेका कलाकार विनय भट्टले आफूलाई निमन्त्रणा गर्न आउँदा मान्छे छुटाउन आएको हो कि भन्ने सोचाई आएको मन्त्री रिजालको भनाई थियो ।
कार्यक्रममा बोल्दै नायिका नम्रता श्रेष्ठले ‘सम्बोधन’मा आफू क्राइटम रिपोर्टरको भूमिकामा देखिएको भन्दै उनले भाद्र ६ मा नै चल्न लागेको अर्को चलचित्र ‘ताण्डव’ र यो चलचित्रलाई पूर्ण साथ दिने बताइन् ।

कलाकार दयाहाङ राई यो चलचित्रमा सीबीआई अफिसर्सको भूमिकामा देखिएका छन् । राजनीतिक पृष्ठभूमि र नेपालको परिवेशलाई चलचित्रले पर्दामा उतारेको छ । चलचित्रको हल ट्रेलरलाई रुचाइएको छ ।namarata-shrestha

minendra-rijala-rajkumar-and-binaya sambodan-ka-kalakar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment