Comments Add Comment

तेरिया मगर युएई आउने

लालबहादुर ढेंगा

अबुधावी । भारतीय जि टिभी च्यानलको चर्चित डिआइडी ‘लिटिल मास्टर सिजन थ्री” की विजेता तेरिया फौजा मगर, गायिका छुल्थिम डोल्मा गुरुङ र नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष नरेन्द्र खुमाल दुबईमा आउने भएका छन् ।  आगामी २९ अगस्टमा दुबईस्थित शेख राशिद अडिटोरियम हलमा “२० औं विश्व आदिवासी जनजाति दिवस २०१४” को अवसरमा हुने भएको “नेपाली कल्चर शो” सांगीतिक कार्यक्रमका लागि आउने भएका हुन् ।press-meet-in-uae

शुक्रबार दुबईको नेपाली रेष्टुरेण्टमा नेपाल आदिवासी जनजाति महासंघ युएईद्धारा गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष डिआर गुरुङले दिनु भएको हो । अध्यक्ष डिआर गुरुङको अध्यक्षता र महेश मोक्तानले संचालन गरेको उक्त पत्रकार सम्मेलनको अन्य अतिथिहरुमा जनजाति महासंघसंग आवद्ध रहेका ९ वटा संस्थाका प्रतिनिधहरु र विभिन्न मेडियाहरुसंग आवद्ध रहेका पत्रकारहरु रहेका थिए ।

भर्खरै मात्र डिआइडी लिटि्टल मास्टर सिजन थ्री” का विजेता भएपछि बिदेशको भ्रमणमा व्यस्त रहेकी तेरिया मगर दुबईमा आउने खबरले युएईका दर्शकहरु निकै उत्साहितमा छन् । तेरिया मगरका साथ नायिका छुल्थिम गुरुङ र यएईका ख्यातिप्राप्त कलाकारहरुको पनि वेजोड प्रस्तुति रहने भएको छ । सोही अवसरमा नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष नरेन्द्र खुमालद्धारा बिशेष सम्वोधन गरिने भएको छ ।

युएईको सन्दर्भमा आयोजना गरिने कार्यक्रमहरुमध्ये पaहिलो पटक एक लाख बीस हजार दिरामको लगानीमा ऐतिहासिक कार्यक्रम हुने आयोजक बताउँछन् । जि टिभीसंग समन्वय भएर गरिने यस कार्यक्रममा केवल नेपालीहरु म्ात्र नभएर गैरनेपालीहरुको पनि सहभागिता रहने भएको छ । कार्यक्रममा प्रवेशका लागि महिलाहरुलाई बिशेष छुटका साथ ३५ दिराम र पुरुषहरुका लागि ५० दिराम राखिएको छ भने सिल्भर एडमिशनको लागि १०० दिराम, गोल्ड एडमिशनको लागि १५० दिराम र डाइमण्ड एडमिशनको लागि ५०० दिराम राखिएको छ ।

कार्यक्रमका लागि टिकट बिक्री बितरण अन्तर्गत ५ पुरस्कारको व्यावस्था समेत गरिइएको छ । जसमा १५ हजार दिरामको टिकट बिक्री गरेमा पुरस्कारको लागि सहभागी हुन पाउने र सबैभन्दा धेरै टिकट बिक्री गर्नेलाई प्रथम पुरस्कारको रुपमा २,००० दिराम र प्रशंसापत्र, द्धितीय पुरस्कार १,५०० दिराम र प्रशंसापत्र, तृतीय पुरस्कार १,००० दिराम र प्रशंसापत्र, चौथो पुरस्कार ७०० दिराम र प्रशंसापत्र र पाचौं पुरस्कार ५०० दिराम र प्रशंसापत्र रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment