Comments Add Comment

नेपाल भ्रमण मैले सोचे भन्दा पनि सफलः स्वराज

Sushma-showraj

११, साउन, काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आफ्नो तीन दिने नेपाल भ्रमण सोचेभन्दा पनि फलदायी भएको टिप्पणी गरेकी छन् ।

विश्वभरका हिन्दूहरुको आराध्यदेव पशुपतिनाथको दर्शन गरेर स्वदेश फर्कने क्रममा पत्रकारहरुसँग कुरा गर्दै स्वरजाले नेपाल भ्रमणबाट आफूले सोचेभन्दा पनि धेरै ठूलो सफलता पाएको बताइन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै स्वराजले आफू सन्तुष्ट भएर दिल्ली फर्किन लागेको बताइन् । ‘नेपाल भ्रमणबाट सोचेभन्दा धेरै सफलत पाएँ, हामीबीच २६ बुँदामा सहमति भएको छ, अब निश्चित मार्गचित्र बनाएर त्यसलाई दुबै देशको हितमा हुने गरी कार्यान्वयन गर्दै जानेछौं’ उनले भनिन् ।

उनले ठीक एक सातापछि हुन लागेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको तयारी पनि भइरहेको जानकारी दिइन् । मोदी आगामी आइतबार बिहान साडे १० बजे बिशेष विमानबाट काठमाडौं आउने तय भएको छ ।

यसअघि स्वराज पशुपतिनाथ दर्शनका लागि पुग्दा त्यहाँ कोषका पदाधिकारीले स्वागत गरेका थिए । उनले त्यहाँ विशेष पूजा आराधना पनि गरेकी थिइन् । सिउँदोमा हिन्दू नारीको प्रतिक लामो धर्को सिन्दूर लगाएकी स्वराजले भगवान पशुपतिनाथ विश्वका सबै हिन्दूहरुको आराध्यदेव भएको र यहाँ आउन पाउदा आफूलाई गर्व लागेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment