Comments Add Comment

मातेका फ्यानले चुम्बन गरेपछि रेखा थापा तनावमा, नेपालगंजमा हंगामा

rekha-thapa-dance

चल्तीकी नायिका रेखा थापालाइ एक ‘फ्यान’ले हात मिलाउने बहानामा चुम्बन गरिदिएपछि रेखा यतिखेर तनावमा छिन् ।

नेपालगञ्जगमा शनिबार आयोजना भएको ‘नेपालगञ्ज सांकृतिक कार्यक्रम’मा सहभागी हुन पुगेकी नायिका रेखा थापालाई उनका फ्यानले किस खाएका छन् ।

नेपालगञ्जको एक हलमा आयोजना भएको कार्यक्रममा वन पिसमा पुगेकी नायिका थापालई हात मिलाउने भन्दै एक व्यक्तिले गालामा चुम्बन गरिदिए । मदिराले लठ्ठिएर पुगेका फ्यानले चुम्बन गरेपछि रेखा निक्कै तनावमा पुगिन् ।

कार्यक्रममा उनले आफ्नो नयाँ चलचित्रको बिषयमा छोटो बोल्नु र सामान्य नृत्य गर्नु बाहेक अन्य केही गर्न सकिनन् । स्टेज चढ्ने क्रममा रेखामाथि यस्तो ‘दुव्र्यवहार’ भएको हो ।

मातेका मान्छेले चुमेपछि उनी स्टेजमा लामो समयसम्म बस्न सकिनन् ।

कार्यक्रममा सहभागीहरूका अनुसार मदिरा सेवन गरेका ती व्यक्तिले रेखालाई बारम्बार बोलाइरहेका थिए । ‘छाति खोलेर निक्कै हिरो शैलीमा पेश गरिरहेका थिए उनले अाफुलाइ’  एक प्रत्यक्षदर्शीले अनलाइनखबरलाई बताए । २८ बर्ष उमेरका ती व्यक्तिका लागि भन्दै २ जना प्रहरी पनि खटाइएको उक्त प्रत्यक्षदर्शीको भनाई छ । नायिका रेखा थापाले स्टेजबाट झरेपछि चुम्बन गर्ने व्यक्तिलाई केही कुरा सम्झाएको देखिन्थ्यो ।

नेपालमा कुनै पनि सेलिब्रिटीले निजी सुरक्षाकर्मी प्रयोग गर्दैनन् । जसका कारण उनीहरू फ्यानको यस्तै हर्कतको सिकार हुन्छन् । सायद रेखाको यो घटनाले सेलिब्रिटीलाइ सुरक्षाकर्मी चाहिन्छ भन्ने महसुस गराउँछ कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment