Comments Add Comment

रुसलाई २०१८ को विश्वकप आयोजना गर्न नदिन माग

Russia-world-cup

११ साउन, काठमाडौं । ब्रिटेनका उपप्रधानमन्त्री निक क्लेगले रुसलाई सन् २०१८ को विश्वकप फुटबल आयोजना गर्न दिन नहुने बताएका छन् ।

पूर्वी युक्रेनमा मलेरियाली विमानमाथि रकेट आक्रमण भएपछि क्लेगले कडा प्रतिवन्धका रुपमा रुसलाई विश्वकप आयोजना गर्न दिन नहुने बताएका हुन् । सन्डे टाइम्ससँग उनले रुसलाई विश्वकप आयोजना गर्न दिनु अकल्पनीय हुने बताए ।

पश्चिमा देशहरुले रुस समर्थक विद्रोहीले मलेसियाली विमानमा आक्रमण गरेको आरोप लगाएका छन् । तर, रुसले भने युक्रेनी सेनाको कारबाही हुन सक्ने बताएको छ ।

फिफाले भने २०१८ को विश्वकपको आयोजक देश परिर्वतन हुन नसक्ने बताउको छ । २०१८ को विश्वकप राम्रो कदमका लागि हुन सक्ने फिफाले बताएको छ ।

एम्सटर्डमबाट क्वालालम्पुरका लागि उठेको विमानमाथि १७ जुलाइमा आक्रमण भएको थियो, जसमा २९८ जनको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment