Comments Add Comment

पूर्वप्रधानसेनापति कटवाल फेसबुक र टि्वटरमा

११ साउन, काठमाडौं । पूर्वप्रधानसेनापति रुक्माङगत कटवाल सामाजिक सञ्जालमा आएका छन् । कटवालले हालै मात्र जनरल रुक्माङगत कटवाल नाममा फेसबुकटि्वटर एकाउन्ट खोलेका हुन् ।

General-Rookmangud-Katawalकटवालले प्रोफाइल तस्वीरका रुपमा प्रधानसेनापति हुँदाको स्केच तस्वीर राखेका छन् । एकाउन्ट खोलेलगतै उनले केही समयअघि नेपाल भ्रमणका क्रममा बर्माकी नेतृ आङसाङ सुकीले नेपाली सेनाले यहाँ के गर्‍यो, त्यो बर्माको सेनालाई पनि भनिदिनु भनेको उल्लेख गरेका छन् । उनले लेखेका छन्-‘नेपाली सेना व्यवसायिक छन् र लोकतन्त्रप्रति प्रतिवद्ध छ ।’

पछिल्लो समय राजनीतिक दलका शीर्ष नेताहरु समेत समाजिक सञ्जालमा सक्रिय छन् । यही क्रमलाई पछ्याउँदै कटवाल पनि सामाजिक सञ्जालमा आएका हुन् ।

एमाओवादी नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ प्रकाश, कांग्रेस नेता गगन थापा, शंकर भण्डारी, एमाले नेता शंकर पोखरेल, सचिव प्रदीप नेपाल, विष्णु रिमाल लगायतका नेताहरु समाजिक सञ्जालमा भेटिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment