Comments Add Comment

रेखाले हेपेका निर्देशक छविको क्याम्पमा, बन्ने भो ‘लंका २’

shyam-rekha-and-chabi
आफ्नो चलचित्रको छायांकनका क्रममा लात्ती हानेर लिकालेको भन्दै नायिका रेखा थापाले निर्देशक श्याम भट्टराइका बिषयमा विभिन्न बयान दिइन् । जसका कारण पनि श्याम र रेखाको यतिबेला पानी बाराबारको अवस्था छ ।

उनै निर्देशक भट्टराइलाई रेखाकै पूर्व पति छविराज ओझाले च्यापेका छन् । यसअघि श्यामले निर्देशन गरेको चलचित्र ‘लंका’मा रेखा थापा मुख्य भूमिकामा थिइन् । तर यसको सिक्वेलमा भने उनी नअटाउने पक्का छ ।

श्याम रेखासँग सम्बन्ध सुध्रन्छ भन्नेमा विश्वस्त छैनन् । यता निर्माता छवि पनि रेखालाई लिएर अब कुनै पनि सिनेमा बनाउने सुरमा छैनन् । यसका कारण पनि, एक्सन फिल्ममा नायिका को हुने भन्ने अहिलेसम्म पक्का भएको छैन ।

निर्माता छविराज ओझाले श्यामलाई लिएर ‘लंका २’ बनाउने घोषणा गरेका छन् । चलचित्रको छायांकन चाडै नै सुरु हुने बताइएको छ । चलचित्रका लागि छविकै क्याम्पमा दोहोरिएकी कलाकार शिल्पा पोख्रेलको नाम चर्चामा छ । तर श्यामले शिल्पाको बिषयमा कुनै कुरा नभएको बताए । उनले यसअघि ‘लंका’ निर्माण गरेकी मालती शाह सिक्वेलमा हुने या नहुने भन्ने बिषयमा पनि छलफल भैरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment