Comments Add Comment

मन्त्रीले बनाएको तयारी समिति अवैध : लोकतान्त्रिक खेलकुद संघ

११ साउन, काठमाडौं । नेपाली कांग्रेससम्वद्ध नेपाल लोकतान्त्रिक खेलकुद संघले एसियाली खेलकुदका लागि युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको तयारी समिति अवैध भएको बताएको छ ।

संघले आइतबार पत्रकार सम्मेलन गरी मन्त्रालयले गठन गरेको तयारी समिति खेलकुद विकास ऐन, नियमावली र निर्देशिका बमोजिम नभएको बताएको हो । खेलुकद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले छुट्टा छुट्टै तयारी समिति बनाएको छ । खेलकुदसम्वन्धी आवश्यष्क समिति र उपसमितिहरु खेलकुद ऐन, नियम तथा निर्देशिका बमोजित नै गठन हुनुपर्छ’ संघले भनेको छ ।

यद्यपि राखेप र मन्त्रालयले बनाएको छुट्टा छुट्टै तयारी समितिका कारण एसियाली खेलकुदमा नेपालीको सहभागिता अन्यौलमा परेको लोकतान्त्रिक खेलकुद संघले बताएको छ । खेलकुदमन्त्री र राखेप सदस्य सचिवको द्वन्द्वका कारण नेपालको सहभागिता नै अन्यौलमा परेको भन्दै उसले भनेको छ-अन्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागी हुन पाउने र राष्ट्रको प्रतिनिधित्व गर्न पाउने खेलाडीको नैसर्गिक अधिकार हो । यस्तो अधिकारबबाट बञ्चित गर्ने कसैलाई अधिकार छैन ।’ कसैको व्यक्तिगत महत्वकांक्षाका कारण खेलाडीहरुलाई एसियाली खेलकुदबाट बन्चित गर्नु खेल र र खेलाडीमाथिको अपराध भएको संघले बताएको छ ।

मन्त्री र सदस्यसचिवको द्वन्द्वले खेलाडीरुको प्रशिक्षणमा बाधा पुगेको भन्दै संघले खेलाडीहरुलाई आवश्यकता बमोजिम वैदेशिकसहितका प्रशिक्षणको व्यवस्था मिलाउन माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment