Comments Add Comment

सेवाग्राहीको टेलिकम प्रमुखलाई प्रश्न,’फोन कहिले बन्छ ?’

आरपी सुवेदी

११ साउन, बाँके । नेपाल टेलिकम नेपालगन्ज कार्यालयका प्रमुखलाई सेवाग्राहीको दैनिक प्रश्न छ ,’सर मेरो फोन कहिले बन्छ ? सर ल्याण्डलाइन नहुँदा अप्ठ्यारो भयो, इन्टरनेट चलाउन पाइन’ जस्ता प्रश्नले उनलाई दिनहुँ हैरान पारेको छ ।

जिल्लाका विभिन्न ठाँउमा सडक विस्तार तथा तार चोरीका कारण झण्डै ५ सय ल्याण्डलाईन टेलिफोन लाईन अवरुद्ध भएपछि NTCउनलाई दिनहुँ यस्ता प्रश्न आउने गरेका हुन् । बाँके खजुराका एक बृद्ध नेपाल टेलिकम नेपालगन्ज कार्यालयका प्रमुख शैलेश अमात्यलाई उनकै कार्य कक्षमा प्रश्न गर्दै थिए,-‘घरमा बिगि्रएको फोन बनाउनका लागि टेलिकम धाउन थालेको दुई हप्ता पुग्यो । अहिलेसम्म बनेन् । सर मेरो फोन कहिले बन्छ ?’ अमात्यले अब चाँडै बन्ने आश्वासन दिए । ‘छोराछोरी विदेशमा छन् । म मोवाइल त्यतिसारो प्रयोग गर्दिन । यही ल्याण्डलाइन राम्रो लाग्छ । फोन बिग्रिएपछि छोराछोरीसंग कुरा गर्नै पाइएको छैन् ।’-बृद्धले अमात्यसंग यसरी आफ्नो दुखेसो पोखेर घर फर्किए ।

नेपाल टेलिकम नेपालगन्ज कार्यालयका प्रमुख अमात्यले तार चोरी, तथा एशियाली विकास बैंकका सहयोगमा निर्माणाधिन चारलेन सडक निर्माण लगायतका कारण बाँकेमा ५ सय ल्याण्डलाइनका सेवाहरु अवरुद्ध भएको जानकारी दिए । उनले भने,-‘अत्याबश्यक ठाउँमा फोन सेवा अबरुद्ध हुँदा सेवाग्राही झन् मर्कामा परेका छन् ।’ नेपालगन्जको पुष्पलालचोक, धम्बोझी, बिपिचोक जस्ता ठाउंहरुमा बैंक लगायतका बित्तिय कारोबार गर्ने कार्यालयहरु बाटो मर्मतको कारण क्याविनेट नै विग्रिँदा यस्ता कार्यालयहरुमा फोन सेवा अबरुद्ध भई उनीहरुको कामकाज प्रभावित भएको गुनासो आएको कार्यालय प्रमुख अमात्यले बताए ।

टेलिफोन सेवा अबरुद्ध हुंदा टेलिकमले बितरण गर्ने इन्टरनेट सेवा एडीएसएल पनि अबरुद्ध भएको छ । टेलिफोन र इन्टरनेट सेवा अबरुद्ध हुंदा एकातिर सेवाग्राहीहरु मर्कामा छन् भने अर्कोतिर स्वंय टेलिकमलाई घाटा भइरहेको छ । अमात्यले भने,-‘हामीलाई लाखौँको घाटा भइरहेको छ । नियमित आम्दानी पनि रोकिएको छ ।’ टेलिकमले सेवा नपाएका सेवाग्राहीलाई शुल्क मिनाह गर्ने गरेको छ ।

अबरुद्ध टेलिफोनहरु सूचारु गर्न कति दिन लाग्छ भन्ने एकिन नभएको टेलिकमले बताएको छ । ‘तीनवटा प्राविधिक टिम बनाएर सेवा सुचारु गराउने काम भइरहेको छ । तर सबै एकसाथ सेवा दिन थोरै समय लाग्छ ।’ अमात्यले भने,-‘नेपालगन्जमै धेरै ठाउंमा नयां पोल निर्माण र तार जडानको काम गर्न बाँकी रहेको छ ।’ नेपाल टेलिकम नेपालगन्ज कार्यालयका अनुसार बाँकेमा बिभिन्न कारणले ५ सय बढि ल्याण्डलाइन फोन अबरुद्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment