Comments Add Comment

गणेश थापाविरुद्ध उजुरी दिनेलाई कारबाही नगर्न एन्फालाई लेखाको निर्देशन

११ साउन, काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले अखिल नेपाल फुटबल संघ एन्फालाई विशेष साधारणसभा नगर्न निर्देशन दिएको छ ।

अध्यक्ष गशेण थापाविरुद्ध उजुरी दिएकाहरुलाई हटाउने नियतले साधारणा सभा बोलाएको र छानविन समेत प्रभावित हुने देखिएको भन्दै लेखा समितिले खेलकुद मन्त्रालयमार्फत एन्फालाई साधारणा सभा तथा पदाधिकारीहरुको बैठक नगर्न र उजुरीकर्तालाई नहटाउन भनेको छ ।

एन्फाका उपाध्यक्ष कर्माछिरिङ शेर्पा, विजयनारायण मानन्धर र केन्द्रीय सदस्य पंकज नेम्वाङले एन्फामा आर्थिक अनियमितता भएको र अध्यक्ष थापाले रकम हिनामिना गरेको भन्दै लेखा समिति र अख्तियारमा उजुरी दिएका छन् ।

एन्फाले भने विशेष अधिवेशन बोलाउने तयारी स्वरुप साउन २० गते कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

लेखाले तीन दिनभित्र पाँच वर्षको आर्थिक कारोबारको प्रतिवेदन बुझाउन भनेपनि एन्फाले आइतबारको बैठक मात्र प्रतिवेदन बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment