Comments Add Comment

बालकको हत्या गरी बुबा फरार

११ साउन, राजविराज । सप्तरीको कोचावखारी-९ कुपहीका ८ वर्षीय गोविन्द खङ्गको हत्या गरी फरार रहेका उनका बुबा ३५ वर्षीय श्रवण खङ्ग खत्वेविरुद्ध आइतवार जाहेरी दर्ता भएको छ ।

मृतकका मामाली हजुरबुबा दिघवा-७ का सीताराम खङ्ग खत्वेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालयमा कर्तव्यज्यान मुद्दा दर्ता भएको मुद्दा शाखाका प्रहरी नायब निरीक्षक राजेश सुवेदीले जानकारी दिए ।

बन्चरोले टाउकोमा प्रहार गरी हत्या गरेको अवस्थामा बालकको शव बरही वीरपुर-१ स्थित घोडदह खोलाको किनारमा रहेको पिपलको रूखनजिक शुक्रबार फेला परेको थियो । लासको दुई मिटर पश्चिम हत्यामा प्रयोग भएको बन्चरोसमेत फेला परेको प्रहरी नायब उपरीक्षक केदार ढकालले बताए । घटनापछि हत्याका आरोपित श्रवण खङ्ग फरार रहेको र खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । एक वर्षर्अघि मृतकका आमाले आत्महत्या गरेको गाउँलेले बताएका छन् ।

लासको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा शनिबार साँझ शवपरीक्षण गरी मृतकका मामाली हजुरबुवा सीतारामलाई बुझाइएको अस्पतालले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment