+
+

कुवेतबाट एनएमबि बैंकको सुलभ रेमिटको सेवा

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन ११ गते १७:०१

११ साउन ठमाडौं । एनएमबीबैंक र जोयलुकास एक्सचेञ्जबीच रेमिटान्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता पश्चात कुवेतमा काम गर्ने नेपाली कामदारले एनएमबि बैंकको सुnmbलभरेमिटमार्फत नेपालमा रेमिटान्स पठाउन सक्नेछन ।

बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेल र जोयलुकास समूहकाअध्यक्षबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । जोयलुकास विश्व प्रख्यातगहना सम्बन्धि ब्रान्ड रहेको छ । जोयलुकासले अन्तराष्टियस्तरको गुणस्तरियरेमिन्टेस सेवा दिदै आएको छ ।

जोयलुकास कुवेतको सबै ८ शाखाबाट सुलभ रेमिटमार्फत नेपालमा रेमिटेन्स पठाउनसकिनेछ । हाल सुलभ रेमिटले अन्तराष्ट्रियस्तरमा युएई, कोरिया, मलेशियालगायतका मुलुकहरुबाट सेवा प्रदान गरिरहेको छ । एनएमबि २९ शाखा र ३२एटिममार्पफत वित्तीय सेवा प्रदान गर्दै अाएको वाणिज्य बैंक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?