Comments Add Comment

सिरहामा ग्रिनेड विस्फोट हुँदा बालकको मृत्यु, ९ घाइते

११ साउन, सिरहा । सिराहाको गोविन्दपुर-७ मा हाते ग्रिनेड विस्फोट हुँदा एक बालकको मृत्यु भएको छ । ग्रिनेड विस्फोट हुँदा अन्य ९ जना घाइते भएका छन् ।

गोविन्दपुर-७ रनाहाकी ३० वर्षीया ललितादेवी महतोले जंगलबाट ल्याएको ग्रिनेड घरमा ल्याएर खेलाउने क्रममा आइतबार दिउँसो विस्फोट हुँदा स्थानीय विष्णुदेव महतोका १० वर्षीया छोरा राजकुमार महतोको ज्यान गएको हो । प्रहरीले विस्फोटक पदार्थ प्लास्टिक हृयान्ड ग्रिनेड हुन सक्ने अनुमान गरेको ।

गाउँलेले विस्फोटक पदार्थ चिन्न नसक्दा सो घटना भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । १५ जनाबढी स्थानीय एकै ठाउँमा भेला भएर ग्रिनेड खेलाउने क्रममा विस्फोट भइ ३५ वषर्ीय विष्णुदेव महतो गम्भीर घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

घाइते हुने अधिकांश बालबालिका

विस्फोटमा परी अधिकांश बालबालिका घाइते भएका छन् । घटनामा १४ वर्षीया पुनम यादव, १० वर्षीया सविता महतो, १४ वर्षीय जीवन महतो, १० वर्षीया ललितादेवी महतो र १० वर्षीया वनिता महतो घाइते भएका छन् । घाइते हुने अन्यमा २४ वर्षीया निर्मलादेवी महतो र श्रीदेवी महतोसहित घाइते भएको प्रहरीले जनाएको छ । विस्फोट भएको ग्रिनेड द्वन्द्वकालमा प्रयोग नगरी बेवारिसे अवस्थामा छोडिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment