Comments Add Comment

दिल्लीमा उपचार गराइरहेका श्रीकृष्णलाई संझिएर भक्कानिए निर्देशक

shree-and-sweta
निर्देशक आकाश अधिकारीको गला एकाएक अवरुद्ध भयो, उनको आखाबाट आशु खस्यो, मुखबाट बोली निस्किएन । चलचित्र ‘कोहिनुर’को पत्रकार सम्मेलनमा अनुपस्थित नायक श्रीकृष्ण श्रेष्ठलाई संझिएर आकाश भक्कानिएका हुन् । सिनेमाको हरेक काम एकासाथ गर्दै आएको यो जोडीले पत्रकार सम्मेलनमा सँगै उपस्थित हुन नपाएपछि आकाश भक्कानिएका हुन् ।

नायक श्रीकृष्ण श्रेष्ठ यतिबेला घाटीमा समस्या आएपछि दिल्लीमा उपचार गराइरहेका छन् । उनको साथमा चलचित्रकी नायिका एवं धर्मपत्नी स्वेता खड्का पनि छिन् । साउन २३ गतेबाट श्रीकृष्णको निर्माणमा बनेको चलचित्र ‘कोहिनुर’ प्रदर्शनमा आउँदैछ । चलचित्रको प्रदर्शनको समयमा नायक तथा नायिका नै नेपाल बाहिर भएपछि यसको निर्माणपक्ष केही तनावमा देखिएको छ ।

पत्रकार सम्मेलनमा सिनेमाको बारेमा भन्दा पनि नायक श्रीकृष्ण श्रेष्ठ र उनको स्वास्थ्यको बारेमा धेरै चर्चा भएको थियो । चलचित्रको निर्माणपक्षले नायक तथा नायिका नै बाहिर हुँदा सिनेमा सर्ने हो कि भन्ने चर्चा चलेपनि ‘कोहिनुर’ साउन २३ मै चल्ने बताएको छ । दर्शकलाई पनि सिनेमा नसर्ने कुरामा ढुक्क हुन भन्दै  निर्माणपक्षले अर्को साता श्रीकृष्ण र स्वेता नेपाल र्फकने जनाएको छ ।

शम्भूजित बास्कोटाको संगीतमा बनेका गीतहरु लोभलाग्दा छन् । चलचित्रले चेलिबेटी बेचबिखनको कथालाई उठान गरेको छ । १ करोड भन्दा माथिको बजेटमा तयार भएको यो सिनेमा निर्माणमा कुनै संझौता नगरिएको निर्माणपक्षले बताएको छ । यसअघि ‘कहाँ भेटिएला’ बनाएका श्रीकृष्णले दोश्रो भेटका रुपमा ‘कोहिनुर’ बनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment