Comments Add Comment

लण्डनमा नेपाललाई सात पदक

११ साउन, काठमाडौं । लन्डनको रिभरमिडमा भएको १० औं अन्तर्राष्ट्रिय खुला मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीले सात पदक जितेका छन् ।

टिम प्रशिक्षकका साथै प्रतियोगितामा प्रतिस्पर्धा समेत गरेका अशोक खड्काका अनुसार नेपालले १ स्वर्णसहित ३ रजत र उत्तिनै कांस्य गरी कुल ७ पदक जितेको हो । अशोक पुम्सेमा रजत हात पार्न सफल भए ।

एनआरएनए, युके, जेन मार्सल आर्टस्, युके र सगरमाथा तेक्वान्दो डोजाङ, युकेको संयुक्त आयोजनामा भएको प्रतियोगितामा अमिता राईले नेपाललाई दोहोरो पदक दिलाइन् । अमिताले पुम्सेमा स्वर्ण र ४६ केजीमुनि तौलसमूहमा रजत जितिन् ।

अर्जुन सुनवारले पुम्सेमा रजत जिते । त्यस्तै रोहित तामाङले ६८ केजीमुनि, सरिता श्रेष्ठले ४६ केजीमुनि र मनोज लामाले ५८ केजीमुनि कांस्य हात पारे । प्रतियोगितामा टिम प्रशिक्षक अशोकसहित नेपालबाट ८ जनाले प्रतिस्पर्धा गरेका थिए ।

दुईदिने प्रतियोगितामा विभिन्न राष्ट्रका जम्मा ४ सय खेलाडीले जुनियर र सिनियरतर्फ प्रतिस्पर्धा गरेका थिए । नेपाली खेलाडीले भने सिनियरतर्फ मात्र सहभागी भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment