Comments Add Comment

कुबेतमा सवारी दुर्घटनामा परि एक नेपालीको मृत्यु

नबराज पन्थी

कुवेतसीटी । कुबेतमा सवारी दुर्घटनामा परि एक नेपालीको ज्यान गएको छ । सिक्स रिंगरोडको ३६० महल नजिकै सवारी दुर्घटना हुँदा अमेरिकाना बास्किन रबिन्स कम्पनीमा कार्यरत चन्द्रबल राईको ज्यान गएको हो ।chandrabal-rai

दुर्घटनामा परि गम्भीर घाइते भएका रार्इको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो ।  डिउटीकै क्रममा गत बिहिबार राती लगभग साढे ११ बजे होमडेलीभेरीको लागि जाँदै गर्दा आफैले चलाएको पिकअप भ्यानलाई अर्को गाडीलेठक्कर दिएपछि दुर्घटना भएको हो ।

 खोटाङ मात्तिम-७ कातिके घर भएका ३० बर्षीययुवा चन्द्रबल राई बिगत ३ बर्षदेखि कुबेतमा कार्यरत थिए ।  कलिलो उमेरकाराईले गत बर्ष मात्र छुट्टीमा जाँदा बिहे गरेर फर्किएको खोटाङ कुबेत सम्पर्क मन्चका उपाध्यक्ष मन्जित राईले जानकारी दिए ।

उनका अनुसार शब नेपाल पठाउन नेपाली दूतावासमार्फत पहल भइरहेको बताए ।  मृतकको शब फर्वानिया हस्पिटलमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment