Comments Add Comment

सामसुङ ‘ग्रान्ड टु’ थप दुई कलरमा

Samsung-Grand-2११ साउन, काठमाडौं । सामसुङ ग्यालेक्सी ‘ग्रान्ड टु’ थप दुई कलरमा नेपाली बजारमा भित्रिएको छ । सामसुङ मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता आइएमएसले इलेक्टि्रक ब्लू र कपर गोल्ड कलरमा पनि ‘ग्रान्ड टु’ बजारमा ल्याएको हो ।

नेपाली बजारमा ‘ग्रान्ड टु’ को मूल्य ३० हजार ९ सय रुपैयाँ रहेको छ । यो स्मार्टफोन सामसुङको मध्यम स्तरको स्मार्टफोन हो । यसमा २ वटा सिम प्रयोग गर्न सकिन्छ ।

१.२ गीगाहर्ज प्रोसेसर, एन्ड्रोइड जेलिबिन अपरेटिङ सिष्टम, १.५ जीबी र्‍याम लगायतका फिचरहरु ग्रान्ड टुमा रहेका छन् ।

ग्रान्ड टु पछाडी ८ मेगापिक्सेल क्यामेरा रहेको छ भने अगाडी १.९ मेगापिक्सेल क्यामेरा रहेको छ । जसले गर्दा उच्च गुणस्तरको फोटो खिच्न सकिने कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment