Comments Add Comment

धनुषामा पनि बाबुराम पक्षले समानान्तर कमिटी बनायो

११ साउन, काठमाडौं । एकीकृत नेकपा माओवादीका डा. बाबुराम भट्टराई पक्षले धनुषामा पनि समानान्तर जिल्ला कमिटी गठन गरेको छ ।

भट्टराई पक्षले शिला यादवको संयोजकत्वमा १५१ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । यसले साउन १७ गते जिल्ला भेला गरेर समानान्तर जिल्ला समिति औपचारिक रुपमा घोषणा गर्नेछ ।

जेठ १६ र १७ गते भएको जिल्ला सम्मेलन रामचन्द्र मण्डलको नेतृत्वमा जिल्ला कमिटी बनाएको थियो । तर, भट्टराई पक्षले भने मण्डलको अध्यक्षतामा भएको सम्मेलनलाई अस्वीकार्य भएको बताएका छन् । आफ्नो पक्षमा ७५ प्रतिशत कार्यकर्ता रहेको भन्दै भट्टराई पक्षले संस्थापन पक्ष अराजक भएको आरोप समेत लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment