Comments Add Comment

भैरहवामा निगमको हप्तामा ६ दिन उडान

Nepal-Airlines
११ साउन, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले भैरहवामा उडान थप गर्ने भएको छ । निगमले यहि बुधबारदेखि काठमाडाैं-भैरहवा-काठमाडाैं हप्तामा ६ दिन उडान भर्ने जनाएको छ ।

चीनबाट ल्याएको ५६ सिट क्षमताको मोडर्न आर्क ‘एम-६०’ जहाजबाट निगमले भैरहवामा उडान थप गर्न लागेको हो । यसअघि निगमले  भैरहवामा हप्ताको दुई दिन बुधबार र शनिबार मात्र उडान भर्दै आएको थियो । भैरहवामा हप्ताको एक दिन आइतबार बाहेक अन्य दिन नियमित उडान भर्ने निगमले कार्यतालिका बनाएको छ ।

भैरहवाका लागि यात्रुहरुले नयाँ जहाजमा प्रतिव्यक्ति एयरपोर्ट ट्याक्ससहित ३ हजार १ सय ४५ रुपैयाँ तिर्नुपर्ने हुन्छ । यो निगमको प्रवर्द्धनात्मक भाडा दर हो । केही समयपछि निगमले भाडादरमा परिमार्जन गर्ने जनाएको छ । निगमको जहाज काठमाडौंबाट विहान ११ बजे भैरहवाका लागि र अपरान्ह सवा १२ बजे भैरहवाबाट काठमाडौंका लागि उड्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment