Comments Add Comment

साइबर अपराधमा दुई पत्रकार पक्राऊ

११ साउन, काठमाडौं । साइबर क्राइमको अभियोगमा दुईजना पत्रकार पक्राउ परेका छन् । नेपाल समाचारपत्र दैनिकका सहसम्पादक लेखनाथ अधिकारी र अर्का एक पत्रकार गोकर्ण भट्टलाई प्रहरीले साइबर क्राइमको अभियोगमा पक्राउ गरेको नेपाल पत्रकार महासंघले जनाएको छ ।

अधिकारीलाई आइतबार महानगरीय अपराध अनुसन्धान महाशाखा हनुमानढोकाले पक्राउ गरेको हो । उनले साइबर क्राइम गरेको भनिए पनि प्रहरीले अभियोग खुलाएको छैन । अधिकारीलाई पक्राउ गरिएको जानकारीलगत्तै नेपाल पत्रकार महासंघका पदाधिकारीहरु हनुमानढोका पुगेका छन् ।

महासंघका ललितपुर सदस्य समेत रहेका गोकर्ण भट्टलाई भने प्रहरीले १० दिनदेखि हिरासतमा राखेको छ । साइबर क्राइमको अभियोगमा पक्राउ गरी थुनामा राखेको भन्दै पत्रकार महासंघले जानकारी माग गरेको छ ।

प्रहरी स्रोतका अनुसार स्वास्थ्य मन्त्रालयका एड्स तथा यौन रोग नियन्त्रण केन्द्र, कन्ट्री कोअर्डिनेसन मेकानिजम सचिवालयका प्रमुख समेत रहेका भट्टमाथि गोप्य सरकारी सूचना चुहाएको आरोप लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment