Comments Add Comment

सम्वाद समितिद्धारा पूर्वका चार समूहसँग वार्ता, चारबुँदे सहमति

११ साउन, इलाम । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको उपसमितिले संविधानसभा बाहिर रहेका तथा पूर्वी पहाडामा भूमिगत गतिविधि गरिरहेका सशस्त्र समूहसँग वार्ता सुरू गरेको छ ।

सभासद् आनन्दप्रसाद ढुङ्गानाको संयोजकत्वमा रहेको उपसमितिले आइतबार किराँत जनवादी वर्कस पार्टी -सुमन वान्तवा समूह), जातीय मुक्ति मोर्चा नेपाल, स्टेट लिम्बूवान फोर्स र मञ्च सम्वद्ध सङ्घीय लिम्बूवान राज्य परिषद्सँग वार्ता गरेको छ । वार्तालाई अन्तिम निष्कर्षमा पुर्‍याउने अठोटका साथ दुवै पक्षबीच आपसी विश्वास कायम गर्नेलगायत चारबुँदे सहमतिसमेत भएको छ । यसैगरी उनीहरुले संविधान निर्माण प्रक्रियामा सहयोग पुर्‍याउने प्रतिबद्धतासमेत जनाएका छन् ।

वार्तामा सहभागी सशस्त्र समूहले बन्दी तथा वारेन्ट नेता कार्यकर्तालाई लगाइएको मुद्दाको विवरण, मृतक, घाईते बेपत्ताको तथा हातहतियारसम्बन्धी विवरण उपसमितिलाई उपलब्ध गराउने र समस्या समाधान गर्न उपसमितिले पहल गर्ने सहमति भएको छ । वार्तामा सहभागी नेता तथा कार्यकर्तालाई बिनाहातहतियार निर्वाध रूपमा हिँड्डुल गर्न र शान्तिपूर्ण राजनीतिक क्रियाकलाप गर्न सहयोग पुर्‍याउन उपसमितिले सरकारसमक्ष पहल गर्ने वार्ता टोलीका संयोजक ढुङ्गानाले बताए ।

किराँत जनवादी वर्कस पार्टी (सुमन वान्तवा समूह) का प्रवक्ता काईला खम्बूले शान्तिपूर्ण तवरले सम्मानजनक उपस्थिति खोजेको बताए । उनले भने-विगतमा गरिएका वार्ता केवल कागजमा मात्र सीमित भए तर आजको वार्ता निक्कै उपलब्धिमूलक भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment