Comments Add Comment

भोजपुरमा टुरिजम बैंकको एटिएम

११ साउन, भोजपुर । टुरिजम विकास बैंकले भोजपुर शाखामा एटीएम सेवा सुरूगरेको छ । पहिलो निजी बैंकका रूपमा भोजपुरमा तीन वर्षअघि खुलेको टुरिजमले बैंकिङ सेवालार्इ प्रभावकारी बनाउन एटिएम राखेको जनाएको छ ।

Tourism Dev. Bankटुरिजम् डेभलपमेन्ट बैङ्कले भोजपुर जिल्लाका बासिन्दाहरुलाई विभिन्न प्रकारका वचत खाता, मोवाइल बैङ्कीङ्ग सुविधाका साथै सबै जस्तो रिमिटेन्स सुविधा प्रदान गरिरहेको छ।

टुरिजम् डेभलपमेन्ट बैङ्क भोजपुर शाखामा एटिएम सेवा विस्तार भएपश्चात बैङ्कको सेवा सुविधा अझै प्रभावकारी भएको प्रबन्धक सुवेन्द्र महतले बताए । स्थापनाकाल देखि नै बैङ्कले विभिन्न शीर्षकमा कर्जा लगानी गरिरहेको छ । सरकारी नीति अनुसार बैैङ्कहरु दुर्गम जिल्लामा जाने क्रम बढिरहेको हुनाले हाल भोजपुरमा चार वटा निजी क्षेत्रद्धारा संचालित बैङ्कहरु रहेका छन् ।

सरकारले निजी बैंकहरूलार्इ अनिवार्य दूर्गममा गएर सेवा दिनुपर्ने नीति बनाएपछि भोजपुरमै निजी बैंकको संख्या चार पुगिसकेको छ । सरकारी बैंकहरू राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकको एकाधिकार तोड्दै निजी बैंकहरू गाउँ पस्न थालेका हुन् ।

दूर्गममा पुगेका बैंकले विकसित सूचना प्रविधिलार्इ उपयोग गर्दै गाउँ गाउँमा मोबाइल बैंकिङ सेवा पनि दिइरहेका छन् । जिल्लामा बैंकहरु धमाधम खुल्ने क्रम बढेसँगै बैंकहरुले एटीएम लगायतका सेवाहरु समेत संचालन गर्न थालेका छन् । भोजपुरमा टुरिजमसहित, सेन्चुरी र एनबी बैंकले एटिएम सेवा दिएका छन् ।

सरकारी बैङ्कहरुको प्रभुत्व रहेको भोजपुर जिल्लामा निजी बैङ्कहरुको उपस्थिती जिल्लाबासीहरु माझ उत्साह थपेको छ। जिल्लामा बढ्दो बैङ्कहरुको उपस्थिती सँगै बैङ्कहरुले अत्याधुनिक बैकिङ्क सुविधाहरु जस्तै मोवाईल बैकिङ्क, एटिएम थप्दै लगीरहेको छ । हाल भोजपुर सदरमुकाममा टुरिजम्को सहित ३ वटा बैङ्कको एटिएम संचालनमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment