Comments Add Comment

सर्वोच्चले भन्यो- अदालतमा गुटबन्दी छैन

११ साउन, काठमाडौं । सर्वोच्च अदालतमा कुनै पनि प्रकारको गुटबन्दी र असमझदारी नभएको बताइएको छ । सर्वोच्चले आइतबार विज्ञप्ति जारी गरी अदालतमा गुटबन्दी र असमझदारीका कुनै पनि क्रियाकलाप नभएको बताएको छ ।

सह प्रवक्ता बाबुराम दाहालद्धारा जारी विज्ञप्तिमा सर्वोच्च अदालतको पूर्ण बैठकबाट सर्वसम्मत निर्णय गरी लागू भएको न्यायपालिकाको तेस्रो रणनीतिक योजना न्यायाधीशहरूको र दोस्रो राष्ट्रिय सम्मेलनका विषयमा अतिरन्जित रूपले सोच्न पनि नसकिने गुृटबन्दीजस्तो विषय उठाइ न्यायालयलाई विवादमा ल्याउनु अतिरन्जित भएको बताइएको छ ।

पूर्ण बैठकको निर्णय बमोजिम तेस्रो रणनीतिक योजना लागू भइसकेको, योजना कार्यान्वयनका लागि गठित कार्य समूहले तिव्र रूपमा आफ्नो काम गरिरहेको र न्यायाधीशहरूको दोस्रो राष्ट्रिय सम्मेलनका लागि प्रधानन्यायाधीशको अध्यक्षतामा गठित सम्मेलन तयारी समितिको निर्देशन बमोजिम सर्वोच्च प्रशासनले आवश्यक तयारी पनि गरिरहेको बताइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment