Comments Add Comment

घरधनीको अवरोधका कारण सडक विस्तारक्रम सुस्त, तिनकुने-एयरपोर्टखण्ड आठ लेनको बन्ने

१२ साउन, काठमाडौं । उपत्यकाको मध्यमागमा पर्ने सिनामंगल-रत्नपार्क जोड्ने सडकखण्ड विस्तार गरेर निर्माण हुन अझै एक वर्ष लाग्ने भएको छ । विस्तारका क्रममा भवन भत्काउन समस्या भएपछि काम अगाडि बढ्न सकेको छैन् ।
सडक विभागका प्रवक्ता अर्जुन थापाका अनुसार विशेषगरी मैतिदेवीदेखि चारखालसम्मको सडकखण्ड विस्तारमा समस्या आएको हो । उनले भने, ‘सडकछेउमा पर्ने भवन भत्काउन समस्या आएको छ । ८० प्रतिशत संरचना भत्किएपछि विस्तारका अन्य काम अघि बढाउनुपर्ने सामान्य नियम छ । तर, त्यस स्थानमा हुन सो काम सकेको छैन् । जसले गर्दा न बिजुलीको पोल सार्न सकिएको छ न अन्य पूर्वाधार नै खडा गर्न सकिएको छ ।’
स्थानीय नमानेपछि सडक विस्तारका क्रममा भवन भत्काउन नसकिएको विभागका प्रवक्ता थापाले बताएको नयाँ पत्रिकामा खबर छ ।
तिनकुने-एयरपोर्टखण्ड आठ लेनको बन्ने
तिनकुनेदेखि अन्तर्राष्ट्रिय विमानस्थलसम्मको सडक सरकारले नै विस्तार गर्ने भएको छ । यसका लागि २९ करोड रुपैयाँ विनियोजन भएको छ । अहिलेको सडकमा चारलेन थपेर आठ लेनको बनाइने प्रवक्ता थापाले बताए । दुई किलोमिटरको उक्त सडक निर्माणका लागि सर्वेको काम सकेर टेन्डरसमेत पास भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment