Comments Add Comment

एसिमिलानको पोष्टमा सिटीको ५ गोल

Man city

१२ साउन, काठमाडौं । म्यानचेष्टर सिटीले इन्टरनेशन च्याम्पियन्स कप फुटबलमा एसिमिलानलाई पराजित गरेको छ ।

पिट्सबर्गमा गएराति भएको खेलमा प्रिमियर लिग च्याम्पियन सिटीले इटालियन महारथी मिलानविरुद्ध ५–१ को जित निकालेको हो ।

सिटीले पहिलो हापको २६ औं मिनेटसम्ममा चार गोलको अग्रता लिएको थियो । जोभेटिक, सिनक्लेयर,नाभास र हिनाचोले गोल गरे । पहिलो हाफमा एसिमिलानका लागि मुन्टारीले सान्त्वना गोल गरे ।

सिटीका लागि जोभेटिकले व्यक्तिगत दोस्रो गोल गर्दा मारियो बालोटेलीको गोलले मान्यता पाएन । खेलको ३० मिनेट भने आँधीका कारण खेलाइएको थिएन ।

अर्को खेलमा लिभरपुलले ओलम्पिकासलाई १–० ले पराजित गरेको छ । अब सिटी र लिभरपुल भिड्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment