Comments Add Comment

घर भित्र पसेको भन्दै गाली गर्ने पक्राउ

१२ साउन, इलाम । घरभित्र पसेको निहुँमा गालीगलौज गरी जातीय भेदभाव गर्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय इलामले आइतबार पक्राउ गरेको छ ।
इलाम सोयाङ-१ का ४४ वर्षका सुब्बा साइला भनिने धिरेन सुब्बा र उनकै श्रीमती ३५ वर्षकी दुर्गा सुब्बालाई प्रहरीले पक्राउ गरेको हो ।
सोयाङ-४ घर भएका १५ वर्षका आशिष सुन्दासलाई दलित किन घरमा पसिस् भन्दै गालीगलौज गरी धक्का दिएर बाहिर निकालेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दुवैविरुद्ध जातीय छुवाछूतविरुद्ध मुद्दा दर्ता गरी जिल्ला अदालतमा पेस गरिएको प्रहरी नायब निरीक्षक मनिष थापाले जानकारी दिए ।
दलित भएकै कारण गालीगलौज गरी घरबाट बाहिर निकाल्नेविरुद्ध आशिषकी आमा तारादेवीले साउन ४ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment