Comments Add Comment

बाघको आक्रमणमा महिलाको मृत्यु

१२ साउन, चितवन । चितवनको माडीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
स्थानीय बैकुण्ठेसोर सामुदायिक वनमा आइतबार घाँस काट्न गएकी माडी अयोध्यापुरी-९ वगईकी ६८ वर्षकी पञ्चमाया गुरुङको बाघको आक्रमणमा परी मृत्युभएको इलाका प्रहरी कार्यालय माडीले आज जानकारी दिएको छ ।
घाँस काट्न गएकी गुरुङ साँझ नफर्किएपछि राति नै प्रहरी, सेना र स्थानीय खोज्न जङ्गल गएका थिए । खोजीका क्रममा राति साढे १२ बजे उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment