Comments Add Comment

सानिमा बैंकको नाफा ४९ प्रतिशतले बढ्यो

Sanima-logo
१२ साउन काठमाडौं । सानिमा बैंक लिमिटेडले आर्थिक वर्ष २०७०/०७१ मा अघिल्लो वर्षको तुलनामा ४८ दशमलव.७८ प्रतिशत बढी नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा ३० करोड ५० लाख रुपैयाँ कमाएको बैंकले गत आर्थिक वर्षमा ४५ करोड ३८ लाख रुपैयाँ कमाएको छ ।
संभावित जोखिमका लागि छुट्याइएको २८ करोड ७० लाख रुपैयाँ फिर्ता (राइट व्याक) गरेपछि बैंकको नाफामा उल्लेख्य वृद्धि भएको हो । गत आर्थिक वर्षमा बैंकले सम्भावित जोखिमवापत ५ करोड ५२ लाख रुपैयाँ छुट्याएको छ ।
अघिल्लो वर्षको तुलनामा बैंकको खुद व्याज आम्दानी २४ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष ८१ करोड रुपैयाँ रहेको यस्तो आम्दानी गत वर्ष ८७ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ । त्यसैगरी बैंकले बैदेशिक मुद्रा सटहीबाट १४ करोड ६८ लाख रुपैयाँ कमाएको छ । बैंकको कर्जा र निक्षेप बीचको व्याजको अन्तर (स्प्रेड दर) ४.३५ प्रतिशत छ ।
यस अवधिमा बैंकको निक्षेप ३९.६ प्रतिशतले बढेर २४ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ भने कर्जा ३५.२ प्रतिशतले बढेर २० अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । बैंकको कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ७५.२० प्रतिशत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment