Comments Add Comment

जीवन छन्, कथा दरिलो छ, डराउने कोसँग ?

jiwan-and-uma-in-sisa

चलचित्र ‘शीशा’का निर्माता तथा निर्देशक यतिबेला आफ्नो सिनेमाको बारेमा यस्तै तर्क राख्छन् । साउन २३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको यो सिनेमासँग श्रीकृष्ण श्रेष्ठको निर्माण तथा अभिनयमा बनेको चलचित्र ‘कोहिनुर’ पनि प्रदर्शनमा आउँदैछ ।

तर यसको निर्माणपक्ष भने आफूहरु कसैसँग नडराउने तर्क गर्छ । निर्देशक आर.बी.के’शरद’ सिनेमाको प्रस्तुती र बिषयवस्तु दमदार भएकाले पनि चलचित्र चल्नेमा ढुक्क देखिएका छन् । यता निर्माता मधुसुदन ढकालको तर्क भने झनै भिन्न छ ।

उनले चलचित्र राम्रो बनेकाले आफूलाई चल्दैन भन्ने त कुनै कोणबाट पनि नलागेको बताए । महेश ढुंगेल, विराट थापा, अजिता सुमार्गी समेतको लगानी रहेको यो चलचित्रको मुख्य हतियार चल्तीका नायक जीवन लुइटेल पनि हुन् ।

चलचित्रमा रागिनी खड्गी र उमा वेवीले पनि अभिनय गरेका छन् । भारतको सिक्किमका रमणिय दृश्यलाई समेत पर्दामा उतारिएको यो चलचित्रका निर्माताहरु आफूहरु अन्य सिनेमासँग भन्दा पनि आफ्नै चलचित्रसँग प्रतिस्पर्धामा रहेको बताउँछन् ।
दर्शकले भारतीय फूटबल टिमका पूर्व कप्तान भाइचुङ भूटियालाई पनि पर्दामा हेर्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment