Comments Add Comment

नाफा : भृकुटीको १२ करोड, कन्ट्रीको साढे ३ करोड

१२ साउन काठमाडौं । क्षेत्रीयस्तरका विकास बैंक भृकुटी भेभलपमेन्ट बैंक र कन्ट्री डेभलपमेन्ट बैंक दुबैले गत आर्थिक वर्षमा उल्लेख्य नाफा कमाएका छन् ।

भृकुटीले अघिल्लो वर्षको तुलनामा ८५ प्रतिशत बढी नाफा कमाएको छ भने कन्ट्रीले दोब्बर बढी नाफा कमाएको आज प्रकाशित वित्तीय विवरणमा उल्लेख छ ।

भुकुटीले गत आर्थिक वर्षमा ११ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको यसै अवधिमा ७ करोड ३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यस अवधिमा बैंकको व्याज आम्दानी ६१ लाख रुपैयाँ बढेको छ भने व्याज खर्च २१ लाखले घटेको छ । बैंकले अघिल्लो वर्ष ०.३१ प्रतिशत रहेको खराब कर्जालाई गत वर्षमा ०.१० प्रतिशतमा झारेको छ ।

गत असार मसान्तसम्ममा बैंकले ४ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा बैंकले ४ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

त्यसैगरी, कन्ट्री डेभलपमेन्ट बैंकले ३ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको यसै अवधिमा बैंकले १ करोड ९६ लाख रुपैयाँ कमाएको थियो । यस अवधिमा बैंकको खराब कर्जा केही बढेको छ । अघिल्लो वर्ष १.२३ प्रतिशत रहेको खराब कर्जा बढेर १.८१ प्रतिशत पुगेको छ ।

अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकले १ करोड रुपैयाँ बढी व्याज आम्दानी गरेको छ । तर, व्याज खर्च भने ३३ लाख रुपैयाँले घटेको छ ।

अघिल्लो वर्ष १९ करोड ४१ लाख रुपैयाँ व्याज आम्दानी गरी १२ करोड ९१ लााख रुपैयाँ व्याज खर्च गरेको बैंकले गत वर्ष २० करोड रुपैयाँ व्याज आम्दानी गरी १२ करेाड ५८ लाख रुपैयाँ व्याज खर्च गरेको छ ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब २५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब २१ करोड रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब १३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment